Thursday, August 18, 2016

साउन महिनाको संकलित मह्त्वपूर्ण प्रश्नहरुको संगालो

• युरो कप २०१६ को उत्कृष्ट युवा खेलाडी को भए ?
– रेनाटो सान्चेज ( पोर्चुगल )
• बिष्णुमति सरसफाई अभियानको १०० साता
कहिले पुग्यो ?
– वि.सं २०७३ असार २५
• स्पोर्टस अवार्ड २०७२ मा पिपुल्स च्वाईस अवार्ड
कुन खेलाडीले प्राप्त गरे ?
– नविता श्रेष्ठ
• डा.डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति
पुरस्कार २०७२ बाट सम्मानित हुने व्यक्त्वि को हुन् ?
– जोन उड , उनी रुम टु रिडका संस्थापक हुन्
• सन् २०१६ जुनमा फोब्र्सले जारी गरेको सर्वाधिक
कमाउने सेलीब्रेटीको सूचीमा नम्बर १ स्थानमा को
रहेका छन् ?

– टेलर स्विफ्ट
बेचविखन प्रभावित महिलाहरु आफैँले सञ्चालन गरेको
विश्वकै पहिलो र एकमात्र संस्था कुन हो ?
– शक्ति समुह , नेपाल
• निर्वाण नामक पुस्तकका लेखक को हुन् ?
– घनश्याम खड्का
• २०७३ मा मनाईएको बुद्धजयन्ती कति औं हो ?
– २५६० औं
• मृगौला रोगीका लागि नियमित दिनुपर्ने डायलासिस सेवा
निःशुल्क गर्ने निर्णय नेपाल सरकारले कहिले गरेको छ ?
– ३० वैशाख २०७३
• संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बुत्रोस बुत्रोस
घालीको निधन कहिले भयो ?
– १६ फ्रेबुअरी २०१६

• ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल
• इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको एयर
एसियाको ए ३२०–२०० विमान कहिले दुर्घटनाग्रस्त
भएको थियो ?
– सन् २०१४ डिसेम्बर २८
• वि.सं २०७१ पुसमा काठमाडौमा सम्पन्न नेपाल्स
मिस टिन अफ द ईयरको उपाधि जित्ने सुन्दरी को
हुन् ?
– प्रियंका पाण्डे
• वि.सं २०७१ पुसमा काठमाडौंमा सम्पन्न नेपाल्स
मिस टिन अफ द इयरको उपाधि जित्ने सुन्दरी को
हुन् ?
– सुप्रिया हमाल
• वि.सं २०७१ पुसमा चितवनमा सम्पन्न हात्ती
सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
– पिङकीकली
• नाकको टुप्पोले सबैभन्दा चाडो टाइप गरी
किर्तिमान कायम गर्ने व्यक्ति को हुन् ?
– मोहम्मद खुर्सिद हुसेन
• विक्रम संवतको थालनी कसले गरेका हुन् ?
– विक्रमादित्य
• नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार
सबैभन्दा उच्च मानव विकास सुचकांक भएको
जिल्ला कुन हो ?
– काठमाडौं
• सार्क क्षयरोग तथा एचआइभी,एड्स केन्द्र कहाँ
रहेको छ ?
– भक्तपुर, नेपाल
• सन् २०१४ अक्टोबरमा मलेसियामा सम्पन्न
आईसीसी बल्र्ड क्रिकेट डिभिजन ३ च्याम्पियनको
उपाधी कसले जित्यो ?
– नेपाल
• सरकारद्वारा हालै घोषित बडीमालिका
नगरपालिका कुन जिल्लामा पर्दछ ?
– बाजुरा
• अस्ट्रेलियाको सर्वोच्च शिखर कोस्कियुस्कोमा
गोरखापत्रको प्रथम अंक पुर्याई किर्तिमान कायम
गर्ने पर्वतारोही को हुन् ?
– सञ्जय पण्डित
• वि.सं २०७१ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले
प्रकाशित गरेको भ्रष्टाचार सुचंकाकमा नेपाल
कतिऔं स्थानमा रहेको छ ?
–१२६ औं
• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको
प्रथम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– सन् २००९ जुन २६,रसिया
• सिमरा विमानस्थल कुन जिल्लामा रहेको छ ?
– बारा
• कुनै पनि बस्तु वा स्थानको उचाई नाप्न प्रयोग
गरिने उपकरणलाई के भनिन्छ ? – अल्टिमिटर
• नेपालसगँ दौत्य सम्बन्ध कायम भएका सबैभन्दा
पछिल्लो देश कुन हो ?
– पपुवा न्यूगिनी
• वाणगंगा सिचाई आयोजना कुन जिल्लामा रहेको
छ ?
– कपिलबस्तु
• दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको
महासचिवमा कुन देशका तिन जनाले कार्यभार
सम्हालिसकेको छन् ?
– माल्दिभ्स
• असंलग्न आन्दोलनको आगामी शिखर सम्मेलन सन्
२०१७ मा कुन देशमा सम्पन्न हुने भएको छ ?
– भेनेजुयला
• विश्वप्रसिद्द वैज्ञानिक लुई पाश्चरको जन्म कुन
देशमा भएको थियो ?
– फ्रान्स
• सौयमण्डलमा शुक्र ग्रह पछि दोस्रो चम्किलो ग्रह
कुन हो ?
– वृहस्पति
• नेपाल सरकारले सबै निजामती कर्मचारीहरुलाई
कहिले देखि एकै प्रकारको पोशाक लगाउनुपर्ने
व्यवस्था गरेको हो ?
– वि.सं २०६८ साउन १ गते
• नेपालमा पहिलो स्थापना भएको औद्दोगिक
क्षेत्र कुन हो ?
– बालाजु औद्दोगिक क्षेत्र
• पृथ्वीराजमार्गको मलेखुदेखि धादिङ जिल्लाको
सदरमुकाम धादिङ बजार जोड्ने राजमार्गलाई के
थियो ?
– सन् २००९ जुन २६,रसिया

• राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित
हुने खेलाडी को को हुन् ?
– विमला तामाङ( कराँते ) , सोमपाल कामी
( क्रिकेट ) , दिवस श्रेष्ठ ( बक्सिङ ) , ज्ञानी
चुनारा ( तेक्वान्दो ) , विनिता बुढाथोकी
( भलिबल ) , विक्रमबहादुर रानामगर, केशरी
चौधरी,प्रमिला चौधरी,सुनिल चौधरी
( एथ्लेटिक्स )
• वैशाख वायुसेवा निगमद्धारा वि.सं २०७२ वैशाख
१८ मा ल्याईएको दोस्रो एयरबस ए ३२० लाई के
नामाकरण गरिएको छ ?
– लुम्बिनी
• नेपाल वायुसेवा निगमको स्थापना कहिले भएको
हो ?
– वि.सं २०१५ असार १७
• निजामती सेवा ऐन,२०४९ को चौथो संसोधन
कहिले भएको हो ?
– वि.सं २०७२ असार २९
• लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी
अप्राविधिक तर्फका राजप्रत्र अनंकित प्रथम र
द्धितिय श्रेणी पदका लागि प्रवेश परिक्षा को
व्यवस्था गरेको छ ?
– आ.व २०७२\७३
• नेपालको संविधान २०७२ को प्रारम्भिक
मस्यौदाअनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ ?
– नेपालमा बोलिने सबै मातृभाषाहरु
• सन् २०१५ जुलाईमा सम्पन्न उत्तर तथा मध्य
अमेरिकी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता
कोन्काकाफ गोल्डकपको उपाधि जित्ने राष्ट्र कुन
हो ?
– मेक्सिको
• जसले कसरी सिक्ने र परिवर्तन गर्ने भन्ने कुरा
सिकेको छ , त्यो व्यक्ति मात्र शिक्षित हो, भन्ने
विचारक को हुन् ?
– कार्ल रोजर्स, अमेरिकन मनोविद
• नेपालमा हालसम्म कतिवटा त्रिवर्षीय आवधिक
योजना आएका छन् ?
– चार
• गुणस्तरीय पर्यटक भित्र्याउनका लागि कन्ट्रोल
टुरिज्म नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र
कुन हो ?
– भुटान
• क्योटो वल्र्ड वाटर ग्रान्ड प्राइज २०१५ ( राशी
२० हजार अमेरिकी डलर ) बाट सम्मानित हुने
नेपाली संस्था कुन हो ?
– वातावरण तथा जनस्वास्थ्य संगठन
• स्वाईन फ्लु अर्थात इन्फ्लुएन्जा ए
एचवानएनवानलाई WHOले कहिले महामारी रोग
घोषणा गर्यो ?
– सन् २००९ जुन ११
• सार्क राष्ट्रहरुमध्ये आफ्ना नागरिकहरुलाई ई
पासपोर्ट उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो ?
– माल्दिभ्स ( सन् २००७ )
• रुपन्देहीको भौरहवामा डिजास्टर रिकभरी
सेन्टरको स्थापना कहिले भएको हो ?
– वि.सं २०७२ साउन ११
• सरकारद्धारा राष्ट्रिय युवा प्रतिभा सम्मानका
लागि प्रदान गरिने पुरस्कारको राशी कति रहेको
छ ?
– जनही रु १ लाख

{} बेलायतका राजकुमार ह्यारी नेपालको
औपचारिक भ्रमणका सन्दर्भमा कहिले काठमाण्डौ
आउनु भएको हो ?
→ वि.स. २०७२ चैत्र ६
{} 'वास्तविक मानिस दुःखमा हाँस्छन र पीडाबाट
शक्ति बटुल्छन' भन्ने विचारक को हुन् ?
→ थोमस पाइन, अमेरीको दार्शनिक
{} २०१६ मार्चमा सम्पन्न भएको मिनि सार्क
सम्मेलन भनि चिनिने सार्क मन्त्रिपरिषदको बैठक
कहाँ भयो ?
→ नेपालको सहर पोखरामा
{} दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन
सार्कको १९ औ सम्मेलन कहिले हुने भएको छ ?
→ सन् २०१६ नोभेम्बर ९-१० (वि.स. २०७३ कार्तिक
२४-२५) बैठकले सार्क शिखर सम्मेलन हरेक दुई वर्षमा
नोभेम्बरमै गर्ने समेत निर्णय भएको छ ।
{} प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन
भ्रमणको सन्दर्भमा कहिले वेइजिङ प्रस्थान गर्नु
भयो ?
→ ८ दिने औपचारिक भ्रमणका लागि ओली चैत्र ७
मा वेइजिङ पुग्नुभयो । यस अघि उहाँले २०७२ फागुन
७-१२ सम्म भारत भ्रमण गर्नुभएको थियो ।
→ प्रमानमन्त्रीद्धारा हेनान प्रान्तको बोआओमा
आयोजित एसियाका लागि बोआओ मत्र्चको
एसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन
दृष्टिकोण, विषयक सम्मेनलाई मार्च २४ मा
सम्बोधन गर्नुभयो ।
{} २०७२ चैत्र मा राष्ट्रिय पाठ्यत्रःम तथा
मुल्याङ्कन परिषद्ले एसएलसी परीक्षाको ग्रेडिङ
सिस्टममा गरेको नयाँ व्यवस्था के रहेको छ ?
→ एन ग्रेडलाई हटाई डी र ई लाई डी प्लस डी र इ
बनाइएको
{} कोशी प्रदेश भन्नाले कुन क्षेत्रलाइ बुझाउँछ?
→पूर्वमा कञ्चनजङघा हिमालदेखि पश्चिममा
लामाटाङ हिमालसम्म
{} भोटमा मुल भएका ६ वटा नदी कुन कुन हुन?
→ अरुण, तमोर, सनुकोशी, तामाकोशी, कर्णाली र
त्रिशुली
{} गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ?
→ रसुवा
{} नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
→चमेलिया नदी किनारमा
{} चुरे पहाडको सबैभन्दा अग्लो टाकुरा कुन हो ?
→ गार्वा (कैलाली)
{} समुन्द्र सतहदेखि १२०० मिटरको उचाईमा पाइने
हावापानीलाई के भनेर चिनिन्छ ?
→ उष्ण मनसुनी हावापानी
{} हेलम्बु कुन जिल्लामा पर्छ ?
→ सिन्धुपाल्चोक
{} प्रकृति संरक्षणको राष्ट्रिय रणनीतिक प्रारुप
२०७०-२०८७ (१५ वर्षीय) कहिले सार्वजनिक
गरियो ?
→ वि.स. २०७२ पुस २
{} फ्रान्सको राज्यक्रान्तिपछि त्यहाँको शासन
सत्ता कसले सम्हालेका थिए ?
→नेपोलियन बोनापार्ट
{} रुसी क्रान्ति कति चरणमा सम्पन्न भएको
थियो ?
→ २
{} द्धितिय विश्वयुद्ध कहिले सुरु भएको थियो ?
→ सन् १९३९ सेप्टेम्बर १
{} महात्मा गान्धीको हत्या कहिले भएको
थियो ?
→सन् १९४८ जनवरी ३०
{} Divine comedy नामक पुस्तकका लेखक को हुन् ?
→दाँते
{} पाश्चात्म राजनीतिका कौटिल्य भनि कसलाई
चिनिन्छ ?
→ मेकियावेली
{} रेडक्रसका जन्मदाता को हुन् ?
→हेनरी डयुना (स्वीट्जरल्याण्ड)
{} मुस्लिम सम्वतलाई अर्को के नामले चिनिन्छ ?
→हिजरी सम्वत
{} करिव पाँच दशक लामो सैनिक शासनपछि
म्यान्मारमा पहिलोपटक राष्ट्रपति बन्ने गैरसैनिक
नेता को हुन् ?
→टि क्या
{} नेपालले कहिले सम्म बालविहाद अन्त्य गर्ने
प्रतिवद्धता जनाएको छ ?
→सन् २०२०
{} विश्व उपभोक्ता अधिकार दिवस कहिले
मनाईन्छ ?
→ मार्च १५ (सन् २०१६ को नारा स्वच्छ खाद्य
बस्तुको प्रयोग गरौ, स्वस्थ र निरोगी बनौ)

No comments:

Post a Comment