Saturday, June 1, 2024

Time and Work Shortcut Tricks in Nepali
















 

बजेट आर्थिक वर्ष २०८१/८२

 

राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसदमा  पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप  नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आज संसदमा बजेट पेश गर्नु भएको हो

जसमा सरकारले आगामी आर्थिक वर्ष २०८/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको


बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको तुलनामा ६.२% ले धेरै हो ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात्  १८.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ अर्ब २७ करोड रूपैयाँ विनियोजन रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने तयारी रहेको छ

साथै, आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड संकलन गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ ।

NRB Assistant Director Past Questions 2081